काठमाण्डौ । भारतीय सेयर बजार दैनिकजसो नयाँ उचाइ बनाउँदै अगाडि बढिरहेको छ। 

आज पनि भारतीय सेयर बजारले कारोबारका क्रममा नयाँ उचाइ चुमेको छ। भारतको सेन्सेक्स कारोबार समयमा ६७११७ र निफ्टी १९८४१ को स्तरमा पुगेको छ। जुन हालसम्मकै उच्च हो। 

आज कारोबार खुल्दा सेन्सेक्स ११० अंकले बढेर ६६९०५ को विन्दुमा पुगेको थियो भने निफ्टी पनि ५३ अंकले बढेर १९८०२ मा खुलेको थियो। 

सुरुआती कारोबारमा सेन्सेक्सका ३० वटा सेयरमध्ये २४ वटा सेयरको भाउ उकालो लागेको छ भने ६ वटामा गिरावट आएको छ। 

हिजो मंगलबार पनि भारतीय सेयर अलटाइम हाईमा बन्द भएको थियो। हिजो सेन्सेक्स २०५ अंकले बढेर ६६७९५ र निफ्टी ३७ अंकले बढेर १९७४९ को विन्दुमा बन्द भएको थियो। –एजेन्सी