काठमाण्डौ । कार निर्माता कम्पनी रेनल्टले पहिलोपटक ड्राइभरलेस इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। 

भारतको नयाँदिल्लीमा भइरहेको अटो एक्सपोमा रेनल्टले यो कार सार्वजनिक गरेको हो। यो कारको नाम रेनल्ट सिम्बियोज दिइएको छ। हाललाई यो कार एउटा कन्सेप्टका रुपमा मात्र सार्वजनिक गरिएको हो। भविष्यमा यसलाई लन्च गर्ने बेलामा थुप्रै परिवर्तनहरु देख्न पाइने कम्पनीले जनाएको छ। 

यो कारको एउटा राम्रो पक्ष भनेको यसमा बस्नलाई धेरै स्पेस छ। यो यात्राका लागि निकै आरामदायी छ। 

यो कारमा यात्रा निकै रोमाञ्चक हुनेछ। यसमा तीनवटा ड्राइभिङ मोड्स दिइएको छ। जसमा क्लासिक, डाइनेमिक र एडी मोड सामेल छन्। 

यो कन्सेप्ट कार रियर एक्सलमा दुई इलेक्ट्रिक मोटर्स राखिएका छन्। यसको फ्लोरमा ब्याट्री राखिएका छन्। 

यो कारमा कनेक्टेड टेक्नोलोजी सलुसनको प्रयोग गरिएको छ। जसले ड्यासबोर्डका माध्यमबाट कारको ड्राइभिङका बारेमा सबै जानकारी दिनेछ। यसमा कार मल्टी सेन्स ३.० को प्रयोग गरिएको छ। – एजेन्सी