काठमाण्डौ । तपाईंले सुन्नु भएकै होला आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) लाई आजभोलि रोजगारीका लागि खतराको रूपमा वर्णन गरिएको छ । र यो पनि सुन्नु भएकै होला, एआईले मानिसको जागिर खोसिरहेको छ ।

एआईले मानिसको काम गरिरहेको छ, एआईले कार्यालयमा कर्मचारीको ठाउँमा काम गरिरहेको छ । यो चिन्ताका बीच एआईले रोजगारी नै खोस्न लागेको होइन बरु सहयोग गर्न लागेको खबर सार्वजनिक भएको छ । 
विश्वका ठूला कम्पनीहरुले एआईको कारण ठूलो संख्यामा कर्मचारीहरू हटाइएका छन्। आज हामीले एआईको सहयोगमा जागिर बचाउने प्रयास भइरहेको बारे केहि तथ्य प्रस्तुत गर्न खोजेका छौं । 

प्रविधि कम्पनी डेलोइटले आजभोलि एआईलाई अनौठो तरिकाले प्रयोग गरिरहेको छ । कम्पनीले एआईको मद्दतबाट कर्मचारी कटौती गर्ने प्रयासलाई नियन्त्रण गर्न खोजिरहेको छ ।

परामर्शदाता कम्पनीहरूको सबैभन्दा ठूलो कम्पनी डेलोइटले एआई प्रयोग गरेर कार्यालयको वातावरण परिवर्तन गर्ने प्रयास गरिरहेको छ। समाचार एजेन्सी ब्लूमबर्गका अनुसार, डेलोइट एलएलपीले एआईको सहयोगमा आफ्ना कर्मचारीहरूको सीपको मूल्यांकन गरिरहेको छ। कर्मचारीहरुको सीप अभिबृद्धि गर्न एआईको सहयोग लिइएको छ ।

कर्मचारीलाई रुची अनुसार काम दिन सक्ने गरी आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग भइरहेको छ । एआईको सहयोगमा उनीहरूको कार्यबल तथा सृजनात्मकता बढाउने काम भइरहेको छ। यसकै सहयोगले  माग बढी भएको सिफ्टमा कर्मचारीलाई परिचालन गर्न थालिएको छ।

यसको अर्थ हो एआईको सहयोगमा कम्पनीले आफ्ना कर्मचारीहरूलाई सृजनात्मकता बढाउने उपाय खोजिरहेको  छ।
एकातिर, आईटी कम्पनीहरूमा कर्मचारी कटौती भइरहेको छ भने डेलोइटमा चाहिं ठूलो संख्यामा कर्मचारी भर्ना भइरहेको छ ।

कम्पनीले यो वर्ष मात्रै १ लाख ३० हजार कर्मचारी थपेको छ । कम्पनीले करिब तीन वर्षमा करिब ५० हजार कर्मचारी भर्ना गरिसकेको छ ।

कम्पनीले अब भने हायरिङ नियन्त्रण गर्न एआई प्रयोग गरिरहेको छ। यद्यपि, कम्पनीले अमेरिका-बेलायतमा रहेका आफ्ना कर्मचारीहरूलाई माग र आपूर्तिको कमीले गर्दा सजग रहन मेमो प्रेशित गरेको छ ।
कम्पनीका ग्लोबल चीफ अफिसर स्टिभन रोल्सका अनुसार हायरिङ र लेआउटमा हुने ठूलो उतार-चढावबाट बच्नको लागि कम्पनीले अब एआईबाट मद्दत लिइरहेको छ। डेलोइटको अनुसरण गर्दै उससका धेरै प्रतिस्पर्धी व्यावसायिक सेवा सम्बद्ध कम्पनीहरुले एआई प्रयोग गर्न थालेका छन्। कम्पनीले एआईको सहयोगमा जुनियर तहका कर्मचारीहरुको काम सम्हाल्दै आएको छ ।

ती कम्पनीमा एआईमार्फत साना कार्यहरू सजिलैसँग ह्यान्डल गरिहेको छ ।डेलोइटका कुल कर्मचारीको संख्या अहिले करिब ४ लाख ६० हजार पुगेको छ । 

कतिपय विशेषज्ञहरुका अनुसार एआईका कारण जागिर गुम्न सक्ने सम्भावनाका कुराले आत्तिनुभन्दा प्रविधिको लयसँगै काम गर्न तयार हुनुपर्दछ ।
विज्ञहरूका अनुसार यदि रोजगारदाता या कर्मचारीले यसलाई खतरा नमानिकन संशाधनका रूपमा लिने हो एआईलाई थप मूल्यवान व्यक्तिका रूपमा प्रस्तुत गर्न सक्ने र चिन्तित पनि हुनुपर्दैन । -एजेन्सीहरु