काठमाण्डौ । भारतको बैंगलारस्थित एउटा निजी विद्यालयमा विद्यार्थीलाई पढाउन रोबोटहरुलाई शिक्षकका रुपमा कक्षाकोठमा प्रयोग गर्न थालिएको छ ।
ती रोबोट मान्छेजस्तै देखिन्छन् । जसले विद्यार्थीलाई सरसर्ती पढाउनेमात्र होइन विद्यार्थीहरुको सम्बन्धित विषयमाथिको जिज्ञासा पनि पूर्ण रुपमा मेटाउँछन् ।
यी रोबोटको आविष्कारकको दाबी छ कि यस्ता रोबोटको उपस्थितिमा विद्यार्थीहरु पढाइमा बढी ध्यान दिन थालेका छन् ।
यी रोबोटको चिफ डिजाइनर हुन् बिग्नेश राव । उनका अनुसार यी रोबोटले कक्षा ७ देखि ९ सम्म ३०० सयभन्दा विद्यार्थीलाई छुट्टाछुट्टै विषय पढाउँछन् । यी रोबोट विद्यार्थीहरुसँग दोहोरो कुराकानी पनि गर्छन् । विद्यार्थीद्वारा सम्बन्धित विषयमा सोधिएका प्रश्नहरुको पनि सशप्रतिशत सही जबाफ दिन्छन् ।
हाल विद्यालयमा प्रयोग गरिएका रोबोटहरुलाई महिलाको स्वरुप दिइएको छ । यस्ता एउटा रोबोट बनाउन अहिले साढे १२ लाख रुपैयाँ जति खर्च भएको राव बताउँछन् ।
रावका अनुसार हाल यस्ता रोबोटले बायोलोजी, केमेस्ट्री, जियोग्राफी, हिस्ट्री र फिजिक्सजस्ता विषय पढाउँदै आएका छन् । हाल विद्यालयमा यस्ता तीनवटा रोबोट पढाउनका लागि शिक्षकका रुपमा प्रयोग गरिएको छ ।
यी रोबाट हल्का थ्रीडी प्रिन्टेड मटेरियल र स्मार्ट सर्वो मोटरबाट बनाइएको छ । यी मटेरियलको मद्दतबाट यी रोबोट क्यालमा पढाउँदा मान्छेकै जस्तो व्यहार गर्छन् ।
रोबोट बनाउन विद्यालयका शिक्षक, प्रोग्रामर, कन्टेन्ट डेभलपर, ग्राफिक्स डिजाइनर्स सहभागी थिए। यी रोबाट बनाउन थेरै सफ्टवेयर, हार्डवेयर र एआई टुलको सहयोग लिइएको थियो ।
यो रोबोटको वजन करिब ४५ किलो छ । यी रोबोट बनाउन करिब २ वर्ष लागेको रावले जानकारी दिए।
हाल विद्यालयमा रोबोटको प्रयोग गरिए पनि विद्यालय प्रशासनले भने कुनै अन्य शिक्षकको जागिर नजाने स्पष्ट पारेको छ । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago