काठमाण्डौ । टु ह्विलर कम्पनी रोयल इन्फिल्डले सन् २०१९ वरेन्टेड बुलेट ३५० र बुलेट ३५० ईएस मोटरसाइकल भारतीय बजारमा ल्याएको छ ।
यी दुवै मोटरसाइकलमा मूल्य भारतको नयाँदिल्ली एक्सशोरुमा क्रमशः नेरु १.७९ लाख र २.०१ लाख रहेको छ । यी दुवै मोटरसाइकल यसअघि कम्पनीले उत्पादन गरेको स्ट्यान्डर्ड वरेन्टड बुटेल ३५० भन्दा नेरु १५ हजार र इलेक्ट्रिक स्टार्ट वरेन्टेडभन्दा १४ हजार २७३ ले सस्ता छन् ।
कम्पनीले यी दुवै मोटरसाइकल चार रङ– बुटेल सिल्भर, सफायर ब्लू, ओनिक्स ब्ल्याक र ब्ल्याकमा पेस गरेको छ । उपभोक्ताले यी मोटरसाइकल भारु ५ हजार टोकन मनी दिएर बुक गर्न सक्छन् ।
यी दुवै मोटरसाइकलको डेलिभरी चालु अगस्ट महिनाको अन्त्यबाट हुने बताइएको छ । दुवै मोटरसाइकलमा स्पोक ह्विल लगाइएको छ भने ३४६ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसको २८० एमएम डिस्क ब्रेक, सिंगल च्यानल एबीएस र १५३ एमएम ड्रम ब्रेक रहेको छ ।
यी दुवै मोटरसाइकलका उपभोक्ताले अब हरेक ६ महिना वा ५ हजार किलोमिटर यात्रापछि इन्जिन आयल बादल्नुपर्ने छैन । किनकि यी दुवै मोटरसाइकलमा इन्जिन आयल अब हरेक एक वर्ष वा १० हजार किलोमिटर यात्रा गरेपछि मात्र परिवर्तन गरे हुन्छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago