काठमाण्डौ । बाइक निर्माता रोयल इनफिल्डले आफ्नो सवारीको लाइनअपमा नयाँ अपडेट दिने भएको छ। 

कम्पनीले आफ्नो चर्चित बाइक बुलेट ३५० लाई एकदमै नयाँ शैलीमा प्रस्तुत गर्न लागेको हो। कम्पनीले यो नयाँ बाइकका बारेमा टिजर पनि जारी गरेको छ। जसका अनुसार नयाँ बुलेट ३५० अगस्ट ३० मा भारतमा बिक्रीका लागि लन्च गरिनेछ। 

सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि कम्पनीले यो बाइकलाई नयाँ जेनेरेसनको प्लेटफर्ममा तयार गरिरहेको छ। जसका कारण यसमा धेरै ठूला परिवर्तन देखिनेछन्।

रोयल इनफिल्डले आफ्नो प्रसिद्ध मोडल बुलेटको परम्परागत डिजाइनलाई कायम राख्ने प्रयास गर्नेछ। यसमा केही कस्मेटिक परिवर्तन देख्न सकिन्छ। यद्यपि, स्पोक ह्विल र पुरानो–स्कुल बडी प्यानल राखिने सम्भावना छ। बुलेट ३५०ले क्लासिक ३५० को टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र क्लासिक ३५०को ट्विन शक एब्जर्बर रियरमा पाउन सक्छ। यद्यपि, पछाडिको भागले हन्टर ३५० रेट्रोजस्तै ड्रम युनिट र एकल च्यानल एबीएस पाउने सम्भावना छ।

नयाँ बुलेट ३५० मा कम्पनीले ३४६ सीसी इन्जिन प्रयोग गरेको छ। जसले १९ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ। नयाँ अपडेटपछि यो इन्जिनलाई अझ परिष्कृत गर्न सकिने विश्वास गरिएको छ। जसका कारण यसको परफर्मेन्स अझै स्मुथ हुने अपेक्षा गरिएको छ। यो इन्जिन ‘जे’ प्लेटफर्ममा आधारित छ। जुन पहिले नै क्लासिक ३५० र मिटियर ३५० मा प्रयोग भइसकेको छ।

कम्पनीले बुलेट ३५० किक–स्टार्ट र इलेक्ट्रिक स्टार्टका रुपमा पेस गर्नेछ। यसबाहेक सिंगल पिस सिट, हलोजन हेडल्याम्प, रिडिजाइन गरिएको स्विच गियर र अन्य केही परिवर्तन यो बाइकमा फिचरका रुपमा देख्न सकिन्छ। यसका साथै यस बाइकमा फ्युल गेज पनि दिइने अपेक्षा गरिएको छ। जुन अघिल्लो मोडलमा उपलब्ध थिएन।

रोयल एनफिल्डले आफ्नो नयाँ बुलेट ३५० को मूल्य बढाउन सक्छ। –एजेन्सी