काठमाण्डौ । रोयल इनफिल्डले मंगलबार आफ्नो नयाँ बाइक बीएस सिक्स भर्जन क्लासिक ३५० भारतीय बजारमा लन्च गरेको छ ।
कम्पनीले यो बाइकको एक्स सोरुम मूल्य भारु १ लाख ६५ हजार तोकेको छ। जुन पुरानो ड्युअल च्यानल एबीएसको बीएस ४ मोडलभन्दा महँगो हुन आउँछ । रोयलको यो नयाँ बाइक युनिट कन्सट्रक्सन इन्जिन प्लेटफर्मबाट नयाँ रेगुलेटरी इमिसन नम्सअन्तर्गत पर्ने कम्पनीको पहिलो मोडल हो ।
भारतमा यसको अनौपचारिक बुकिङ शुरु भइसकेको छ । जसलाई १० हजार रुपैयाँको टोकन लिएर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
क्लासिक ३५० मोडल कम्पनीको सर्वाधिक बिक्री हुने बाइक हो । जसको खरिदमा कम्पनीले ग्राहकलाई ३ वर्षको वारेन्टीका साथै ३ वर्षकै रोड साइड असिस्टेन्ट प्रदान गर्नेछ । जसलाई एक वर्ष बढाउन सकिनेछ ।
कम्पनीले बीएस सिक्स भर्जन क्लासिकलाई परिमार्जित गर्दे पुरानो बीएस ४ मोडलको कार्बारेटरको ठाउँमा फ्युल इन्जेक्सन सिस्टम प्रदान गरेको छ । यसका साथै यसलाई नयाँ कलर अप्सन स्टिल्थ ब्ल्याक तथा क्रोम ब्ल्याकमा प्रस्तुत गरिएको छ । पुरानो कलर अप्सनमा पनि बाइक उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखेर आफ्ना सम्पूर्ण बाइकमा बीएस सिक्स इमिसन अनिवार्य गरेको र यो भविष्यमा पनि जारी रहने जनाएको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago