काठमाण्डौ । एनआइसी एशिया बैंकले रौतहटको बौधीमाई नगरपालिका वडानम्बर ६, बंकुलबजारमा आफ्नो शाखा संचालनमा ल्याएको छ । 

जेठ १६ गते एक समारोहका बीच बौधीमाई नगरपालिकाका मेयर राजीव रञ्जन यादवले सो शाखाको उद्घाटन गरे । 

योसहित एनआइसी एशिया बैंक अब मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू १६२ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११२ अर्ब र कुल निक्षेप करिब रू १३८ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।