काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले रौतहटको फतुवा बिजयपुर नगरपालिका वडानम्बर ५ सन्तपुर दोस्तियामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । 

पुस १८ गते बैंकले आफ्नो १०३ औं शाखारहित इकाई स्थापना गरी सो क्षेत्रमा सेवा प्रारम्भ गरेको हो । 

एक समारोहका बीच फतुवाविजयपुर नगरपालिकाकी उपमेयर कान्तीदेवी महतोले सो इकाईको उद्घाटन गरेकी थिइन् । 

बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी वृजकिशोरप्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बताएको छ । 

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

हाल यो बैंकको देशभर ८५ शाखा, ८५ वटै एटीएम र १०३ शाखारहित इकाईको सञ्जाल रहेको छ ।