काठमाण्डौ । रक्सीका कारण बदाम दुबईका सहरका गल्लीहरु अहिले कोरोनाभाइरसको महामारीका कारण सुनसान छ। सहरका रेस्टुराँ तथा पबहरुमा अहिले सन्नाटा छाएको छ। 

दुबईको प्रमुख आयको स्रोतका रुपमा रक्सीको ट्याक्स र राजस्व रहेको छ। कोरोनाका कारण अहिले यसमा निकै असर परेको छ। यो असरलाई ध्यानमा राखेर दुबई सरकारले प्रमुख रक्सी वितरकहरुसँग हात मिलाएको छ र बियर र रक्सी घरघरमा डेलिभरी गर्ने छुट प्रदान गरेको छ। 

युरोमनिटर इन्टरनेसनसँग बजार अध्ययनका लागि विश्लेषक राबिया यास्मिनले भनिन्, ‘अहिले दुबईमा लग्जरी होटल तथा बार नराम्ररी प्रभावित छन्। जसको प्रत्यक्ष प्रभाव रक्सीको व्यापारमा परेको छ।’

अहिले दुबई लकडाउन छ। जसका कारण मानिसहरु रक्सी किन्न जानसमेत प्रहरीको अनुमति लिनुपर्छ। यस्तो रक्सीका प्रमुख वितरकहरुले घरघरमै रक्सी डेलिभिरी गर्ने भएपछि दुबई सरकारसँगै आमउपभोक्ता पनि लाभान्वित भएको राबिया बताउँछिन्। 

सरकारी इमिरेट्स एयरलाइनद्वरा नियन्त्रित कमपनी मैरीटाइम एन्ड मर्सेटाइल इन्टरनेसनल र अफ्रिकन एन्ड इस्टर्नले साझेदारीमा एउटा वेबसाइट नै बनाएका छन्। जसमा रक्सी र बियर उपभोक्ताको घरघरमा पुर्याउने जिम्मा लिइएको छ। मर्सेटाइल इन्टरनेसनलका प्रबन्ध निर्देशक माइक ग्लेन भन्छन्, ‘अहिले हामी रक्सी डेलिभरीको सुरुआती अवस्थामा छौँ तर उपभोक्ताहरुले यसमा निकै चासो दिएका छन्।’ – एजेन्सी