काठमाण्डौ । विश्वभर लकडाउन लागू भइरहेकाले दैनिक आवश्यक पर्ने सामाग्री खरीद गर्न मानिसहरुलाई असहज भइरहेको छ । 

घरमा खाद्यान्न र अन्य अति आवश्यकीय सामाग्री अभाव भएपछि मानिसहरु सडकमा निस्कने गर्दछन् । तर घरबाहिर निक्लन विभिन्न ठाउँमा भिन्न भिन्न समय निर्धारण गरिएका छन् । यति गर्दा पनि मानिसहरु कहाँ मान्थे र ? 

आफूलाई आफ्नो मर्जीको मालिक सम्झेर उनीहरु घरबाट निस्कने गरिरहेका छन् । यो घटना बेलायतको हो । जहाँ एकजना जम्मा एक युुरो सस्तो ब्रेड लिनका लागि ३८६ किलोमिटर टाढा गाडी लिएर गएका थिए । 

मिडियाका अनुुसार बेलायतमा एउटा कार १७७ किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुुदिरहेको थियो, त्यो पनि लकडाउनमा । कानुुन उल्लंघन गर्दै कार तीव्र गतिमा अघि बढिरहेको थियो । 

कारमा सवार युुवक नटिङघमबाट लन्डन ब्रेड लिन गइरहेको थियो । यस्तो किनभने लन्डनमा नटिङ्घमभन्दा एक युुरो सस्तोमा ब्रेड पाइन्छ । युुवकसँग कारमा दुुई जना बच्चा पनि थिए । ती युवकलाई प्रहरीले पक्रिसकेको समाचारमा जनाइएको छ।