काठमाण्डौ। रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले पनि शुक्रबार रेपो रेट कटौतीको घोषणा गरेका छन्। गभर्नर दासले ठूलो राहात दिँदै रेपो रेटमा ०.४० प्रतिशतको कटौती गर्ने घोषणा गरेका हुन्। यो निर्णयले आम मानिसका लागि ईएमआई कम हुन सक्छ। 

यसअघि आरबीईले कोरोना संकट र लकडाउनलाई ध्यानमा राखेर थुप्रै राहातको प्याकेज घोषणा गरेको थियो। रिभर्स रेपो रेटमा ०.२५ प्रतिशत कटौती गरिएको थियो। 

आरबीआईको रिभर्स रेपो रेट ३.७५ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ। 

गभर्नर दासले महँगी दर अहिले पनि ४ प्रतिशतभन्दा तल रहने सम्भावना रहेको बताएका छन्। तर लकडाउनका कारण थुप्रै सामानको मूल्य बढेको छ। 

ईएमआई भुक्तानीमा ३ महिनाको छुट 

आरबीईले लोनको किस्ता (ईएमअई) भुक्तानीमा ३ महिनाको अतिरिक्त छुट दिएको छ। मतलब कि यदि ऋणीले आउँदो ३ महिनासम्म पनि आफ्नो लोनको ईएमआई भर्दैनन् भने बैंकले कुनै किसिमको दबाब दिन पाउने छैन। यसअघि यो छुट मार्चदेखि मेसम्म थियो। अब ईएमआई भुक्तानीको छुट अगस्टसम्म बढाइएको छ। 

कुल ६ महिनाका लागि मोरेटोरियम पिरियडको व्यव्स्था हुनेछ। मोरेटोरियम पिरियडको ब्याज भुक्तानी ३१ मार्च २०२१ सम्म लम्बाइएको छ।

भारतमा दोस्रोपटक घट्यो रेपो रेट

लकडाउनका कारण दोस्रोपटक आरबीआईले रेपो रेट घटाएको हो। यसअघि गत २७ मार्चमा आरबीआईले ०.७५ प्रतिशतले रेपो रेट कटौती गरेको थियो। त्यसपछि बैंकको लोनमा ब्याजदर कम गरिएको थियो। आरबीआईको घोषणाले ऋणीको ईएमआई पहिलेको तुलनामा कम भएको छ। 

विदेशी मुद्रा भण्डारमा बढोत्तरी

सन् २०२०/२१ मा भारतको विदेशी मुद्रा भण्डार ९.२ बिलियन डलर बढोत्तरी भएको छ। भारतको विदेशी मुद्रा भण्डार अहिले ४८७ बिलियन डलर छ। भारु १५ हजार करोड रुपैयाँको क्रेडिट लाइन एग्जिम बैंकलाई दिइएको छ। सिडबीलाई दिइएको रकमको प्रयोग आउँदा ९० दिनसम्म गर्न सकिने इजाजत दिइएको छ। 

महँगी बढ्ने सक्ने आशंका

लकडाउनका कारण भारतमा महँगी बढ्न सक्ने आशंका गरिएको छ। माग र आपूर्तिको अनुपात बिग्रिँदा भारतको अर्थव्यवस्थाको रफ्तार सुस्त बनेको छ। सरकार र रिजर्भ बैंकका तर्फबाट उठाइएका कदमको असर पनि सेप्टेम्बरबाट देखिन सुरु हुने बताइएको छ। 

जीडीपी ग्रोथ रेटमा गिरावट चिन्ताको विषय

आरबीआईका गभर्नर दासले अहिलेको वित्तीय वर्षको जीडीपी ग्रोथ रेट नेगेटिभ हुन सक्ने बताएका छन्। विश्वका ठूलो एजेन्सीहरुले लगातार यस्तो अनुमान गरिरहेका छन्। फिट्चले पनि नेगेटिभ जीडीपी ग्रोथ हुने प्रक्षेपण गरिसकेको छ। 

कोरोना संकटअघि पनि दिइएको राहात

आरबीआई गभर्नर दासले कोरोनाका कारण साना र मध्यम आकारका कर्पोरेटहरुलाई नगदको निकै समस्या भएको बताएका छन्। त्यसैले टीएलटीआरओ २.० को घोषणा गरिएको थियो। भारु ५० हजार करोड रुपैयाँबाट सुरुआत गरिएको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीले गत १२ मेमा कोरोना प्रभावित देशवासी तथा अर्थव्यवस्था बचाउनका लागि भारु २० लाख करोड रुपैयाँको राहात प्याकेज घोषणा गरेका थिए। त्यसपछि वित्तमन्त्री निर्मला सीतारमणले लगातार ५ दिन प्रेस कन्फ्रेन्स गरी थुप्रै घोषणा गरेकी थिइन्। जसमा एमएसएमईलाई भारु ३ लाख करोड रुपैयाँ लोन दिने प्रस्ताव गरिएको थियो। – एजेन्सी