-इमरान कुरेसी
‘यदि हामीले धर्म हुन्छ भनेर मानिसलाई खाना दियौं भने ईश्वरले समेत हामीतर्फ हेर्न छाडिदिन्छन् ।’
यो भनाई हो मुजम्मिल र तजम्मुल नामका दुई भाईको ।
भारतको कर्नाटकको राज्यको कोलारमा बस्दै आएका यी दुई भाईले लकडाउनमा गरीबहरुलाई खाना खुवाउनका लागि २५ लाख रुपैयाँमा आफ्नो सम्पत्ति बिक्री गरिदिएका छन् ।
मुजम्मिल पाशा दुई भाईमध्ये साना हुन् ।
३७ वर्षीय मुज्जमिलले बीबीसीसँग भनेका छन्-'हामीलाई लाग्यो कि जो मानिस गरीब छन्, उनीहरुसँग यस्तो अवस्थामा खानाका लागि केही छैन । कुनै समय थियो, जतिबेला हामी पनि निकै गरीब थियौं । कसैले हामीलाई भेदभाव गरेनन्, यद्यपि मद्धत नै गरे ।'
जब यी दुई भाईलाई लकडाउनका कारण धेरै गरीब मानिसहरुको अवस्था नाजुक बनेको महसुस भयो, त्यसपछि यी दुई भाईले आफूले जोडेको जमीनको एक टुक्रा बिक्रीको निर्णय गरे ।
त्यो जग्गा रहेको ठाउँमा उनीहरुले आफ्नो बगानका उत्पादनहरुको स्टोर गर्थे ।
मुजम्मिल भन्छन्-'हामीले जमीनको त्यो टुक्रा एक साथीलाई बिक्री गर्यौं । त्यो जमीन खरीद गर्ने पनि असल मानिस थिए, जसले हामीलाई त्यसबापत २५ लाख भारु दिए । यो दौरान अरु पनि धेरै साथीहरुलाई आफ्नो धेरैबाट धेरै सहयोग गरेका छन् । कतिपयले ५० हजारसम्म दिए भने कतिपयले १ लाखसम्मै दिए । वास्तवमा अहिलेसम्म कति खर्च भयो भन्न पनि ठीक हुन्न । यदि यो कुरा ईश्वरलाई थाहा छ भने त्यो नै काफी छ हाम्रा लागि ।'
उनले अगाडि भनेका छन्-'हामीले गरीबहरुलाई खाना दिन सुरु गर्यौं । र, जहाँ कुनै व्यक्ति वा परिवार समस्याबाट जुँझिरहेको सूचना आयो, हामीले त्यस्तालाई तुरुन्तै १० किलो चामल, २ किलो आटा, एक किलो दाल, एक किलो चिनी, १०० ग्रामको दरले धनिया, रातो खुर्सानी, बेसार, नून र साबुनजस्ता चिज उपलब्ध गरायौं ।'
रमजान सुरु भएको दुई दिन भयो । यो २ दिनमा २५०० देखि ३००० व्यक्तिलाई खानाको प्याकेट दिइराखिएको छ । साथमा अन्य आवश्यक सामान पनि ।
यी दुई भाईले निकै सानो छँदै आफ्नो पिता गुमाए ।
जब पिताको निधन भयो, जेठो भाई ४ र सानो भाई ३ वर्षका मात्र थिए ।
तर, उनीहरुको यत्तिमै मात्र सीमित रहेन ।
पिताको निधन भएको ४० दिनमै आमा पनि परलोक भइन । यी दुई भाईलाई त्यसपछि तिनीहरुका हजूरआमाले हुर्काइन् ।
स्थानीय एक परोपकारी व्यक्तिले उनीहरुलाई स्थानीय एक मस्जिदमा बस्ने ठाउँको प्रबन्ध मिलाइदिए ।
मस्जिद नजिकै एक मण्डी थियो, जहाँ दुवै भाईले काम गर्न सुरु गरे ।
मुजम्मिल भन्छन्-'हामी दुई भाई धेरै पढेलेखेका व्यक्ति होइनौं । सन् १९९५ ९६ तिर हामी प्रत्येक दिन १५ देखि १८ रुपैयाँ कमाउथ्यौं । त्यसको केही समयपछि मेरो दाईले मण्डी नै सुरु गर्ने विषयमा सोच्यो ।'
त्यसको केही समयमा दुवै भाईले केही अन्य मण्डीको सुरुवात गरे । अब उनीहरुले आन्ध्र प्रदेश र तमिलनाडूबाट समेत केरा ल्याउँछन् र डिलरसँग थोक व्यापार गर्छन् ।
त्यसो भए गरीबलाई खाना खुवाउने सोंच उनीहरुमा कसरी आयो होला त ?
मुजम्मिल भन्छन्-'हाम्री हजूरआमाले हामीलाई भन्नुहुन्थ्यो कि हामीलाई हुर्काउन र बढाउनका लागि धेरै मानिसले सहयोग गरेका थिए । केहीले ५ रुपैयाँ त केहीले १० रुपैयाँसम्मको मद्धत गरेका थिए रे । उहाँले कुनै भेदभाव बिना दुःखीहरुलाई सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले अरबी पढाउनुहुन्थ्यो हामीलाई ।'
मुजम्मिल भन्छन्-'धर्म त यो धर्तिमा मात्र छ । ईश्वरको साथमा होइन । उनी जसले हामी सबैमाथि नजर राख्छन्, उनले हाम्रो भक्तिलाई मात्र हेर्छन् । बाँकी अरु केही होइन ।'
बीबीसी हिन्दीबाट अनुदित
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19