काठमाण्डौ । फ्रान्सका दुुई बालबालिकाले लकडाउनमा रहेका बेला २ किलो सुन भेटेका छन्।
फ्रान्सका स्थानीय मिडियाका अनुुसार १० वर्षीय ती बालबालिकाहरु मार्च महिनामा लकडाउन जारी भएपछि आफ्नो परिवारसँग फ्रान्सको पुुरानो सहर भेन्डोममा रहेका आफन्तकोमा गएका थिए। त्यहा गएपछि उनीहरुले घरमा प्रयोग गर्नका लागि घरवरिपरि रहेका पुराना वस्तुुहरु खोज्न थाले। यही खोजका क्रममा ती बालबालिकाले पुुरानो लुुगामा बरेर राखेको दुुईवटा सुुनका टुुक्राहरु भेटेका थिए।
फ्रान्सेली टीभी बीएफएमका अनुुसार बालबालिकाले कपडामा बेरेको वस्तुु देखाएपछि उनीहरुका बाबुुले त्यो वस्तुु आफ्नी आमाको पुुरानो चक्कुुको होल्डर भएको हुुन सक्ने सोचेका थिए। तर जब उनले कपडाभित्र दुुई टुुक्रा सुुन देखे तब उनको होस उड्यो।
त्यो सुुनलाई उनले स्थानीय सुुन व्यावसायिकामा लगेर गए र सुुन भए नभएको परीक्षण गराए। परीक्षण गर्दा त्यो वस्तुु सुुन भएको थाहा भयो।
दुुवै टुुक्रा सुुन एक÷एक किलोका थिए। भेटिएका यी सुुनका टुुक्रालाई जुुन १६ मा भेन्डोम सहरमा रहेको रोइलल्याक लिलामी घरमा लिलामीमा राखिने भएको छ।
यो सुुनको अहिलेको बजार मूल्य १ लाख ८ हजार ९७९ अमेरिकी डलर रहेको फ्रान्सेली मिडियाहरुले जनाएका छन्। लिलामी संस्थाका एक लिलामीकर्ताले यी सुुनका टुुक्रा ती बालबालिकाकी हजुुरआमाले सन् १९६७ मा खरिद गरेकी थिइन् र पछि त्यो हराएको थियो।
उनले सुुन भाउ जुुन महिनामा ५४ हजार युुरो हुने हुँदा त्यसबेला लिलामी गर्ने योजना बनाएको बताएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19