काठमाण्डौ । बढ्दो अनलाइन सपिङको ट्रेण्ड पछि अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसको सम्पत्तिमा २४ अर्ब डलरले बढोत्तरी भएको छ । जसका कारण उनको कम्पनीको शेयरमूल्य पनि नयाँ उचाइमा पुुगेको छ ।
ब्लुुमबर्गको अरबपतिको सूचिमा १३८ अर्ब डलरसहित बेजोस पहिलो स्थानमा रहेका छन् । यसअघि पनि उनी विश्वका धनाढ्यको सूचिमा पनि पहिलो स्थानमा नै रहेका थिए ।
लकडाउन र प्रतिबन्धका कारण घरममा बसेका मानिसहरुले अत्यधिक मात्रामा अनलाइन सपिङ गर्न थालेपछि कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको रिपोर्टमा बताइएको छ ।
बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले हजारौं नयाँ कर्मचारी पनि भर्ना गरिरहेको छ । तथापि यसले कोरोना संक्रमण बढ्न सक्ने भन्दै अमेजनको यो कदमको कर्मचारीहरुले विरोध पनि गरिरहेका छन् ।
बेजोसको अमेजनमा ११ प्रतिशतको हिस्सेदारी रहेको छ । मंगलबार कम्पनीको सेयरमा ५.३ प्रतिशतको बढोत्तरी भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago