काठमाण्डौ । ७६ दिन लामो लकडाउन खुुलेपछि कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान सहरमा बिहे गर्ने जोडीको लर्काे लाग्न थालेको छ।

लामो लकडाउनका बेला त्यहाँ डिभोर्सका घटना  बढेको भन्ने समाचार पनि बाहिरिएका थिए। तर अहिले बिहेका लागि अनलाइन अप्लाई गर्नेको संख्या केही दिनमा मात्रै यति बढेको छ कि बिहेको लागि रजिस्ट्रेसन गर्ने एप नै क्र्यास भएको थियो। स्थानीय म्यारिज एप अलिपेका अनुुसार ७६ दिनको लामो लकडाउन खुुलेपछि एपको ट्राफिकमा ३०० प्रतिशतको बढोत्तरी भएको छ। जसका कारण एपको सिस्टम केही समयका लागि क्र्यास भएको थियो। 

कम्पनीका अनुुसार वुुहानमा बिहेको पन्जीकरणका लागि  अनलाइन आवेदन दिनेको संख्या अपेक्षाभन्दा धेरै पुुगेको छ। 

कोरोना संक्रमण बढेपछि वुुहानमा पूर्ण लकडाउन लागुु गरिएको थियो। यसका साथै बिहेको आवेदनमा पनि रोक लगाइएको थियो। 

वुुहानमा १.१ करोड जनसंख्याको बसोबास रहेको छ। अलिपेले आफ्नो सिस्टमलाई ठिक गरेपछि फेरि आवेदन दिनेको संख्या बढिरहेको छ। तर अहिले बिहे गर्न त्यति सजिलो भने छैन। किनकि बिहे गर्नेले पन्जीकरणको बेला आफू  ‘कोरोना फ्री’ भएको रिपोर्ट पेस गर्नुुपर्नेछ। यदि त्यसो नगरे बिहे गर्ने रहर सपनामात्रै सीमित रहनेछ। – एजेन्सी