काठमाण्डौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरससँग लड्न २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका छन्।
कोरोना संकटबीच मंगलबार राति पाँचौँपटक राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले यतिठूलो धनराशिको आर्थिक प्याकेज घोषणा गरेका हुन्। यद्यपि उनले यो आर्थिक प्याकेजको विस्तृतमा भने मोदीले जानकारी गराएनन्।
सम्बोधनकै क्रममा प्रधानमन्त्री मोदीले लकडाउनको समयमावधि बढाइने पनि घोषणा गरेका छन्। ‘चौथो चरणको लकडाउन निकै फरक हुनेछ’, उनले भने, ‘यसको विस्तृत जानकारी मे १८ भन्दा पहिले नै दिइनेछ।’
भारतमा तेस्रो चरणको लकडाउन मे १७ मा सकिँदैछ।
आफ्नो ३४ मिनेट लामो सम्बोधनका क्रममा मोदीले भारतको गौरवशाली अतीत रहेको सुनाए। भविष्यमा ‘आत्मनिर्भर भारतको संकल्प गर्दै मोदीले भने, ‘भारतले आपतको यो स्थितिलाई अवसरमा बदल्नुपर्छ।’ – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19