काठमाण्डौ । लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा ६ करोड २४ लाख रुपैयाँ खूद नाफा कमाएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा खूद नाफातर्फ यो संस्थाले २७८.५५ प्रतिशतको प्रगति हासिल गरेको हो । 

आर्थिक वर्ष २०७१/७२ मा यो संस्थाको नाफा १ करोड ६ लाखमा सीमित थियो । 

लक्ष्मी लघुवित्तको चुक्तापूँजी ११ करोड रुपैयाँ र सञ्चित कोष ७ करोड ८ लाख रुपैयाँ रहेको छ । 

यो संस्थाले संचालन नाफातर्फ पनि लोभलाग्दो प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड २८ लाखमा सीमित रहेको संचालन नाफा २०७३/७३ मा ९ करोड  ५८ लाख पुगेको छ । 

खूद ब्याज आम्दानी दोब्बर भएको छ । ७ करोड ३ लाखमा सीमित ब्याज आम्दानी १४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । 

लक्ष्मी लघुवित्तको निस्क्रिय कर्जा भने बढेको छ । अघिल्लो आर्थिक वर्ष ०.५ प्रतिशत रहेको एनपीएल ०७२/७३ मा ०.३० प्रतिशत पुगेको छ । 

यो कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ५६.७७ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६४.४४ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात(पीइ रेसियो) ५९.०१ रहेको छ ।