काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेड पनि ब्याजदर वृद्धिमा आक्रामक देखिएको छ । 

यो बैंकले पनि मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो । 

आज प्रकाशित नयाँ दर अनुसार लक्ष्मी बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ। 

६ महिनादेखि २ वर्ष अवधिको मुद्दति निक्षेपको ब्याजदर पनि ११.०५ प्रतिशत नै कायम गरिएको छ । 

यही दर र शर्त संस्थागत मुद्दति निक्षेपका लागि समेत तोकिएको छ । 

लक्ष्मी बैंकले बचतमा अधिकतम ६.५ प्रतिशत ब्याजदर तोकेको छ । रेमिटान्स बचत खातामा भने १ प्रतिशत बढी अर्थात ७.५ प्रतिशत ब्याज पाइनेछ । 

यो बैंकको भदौको आधार दर ७.०७ प्रतिशत रहेको छ । अधिकांश कर्जाको ब्याजदर आधारदरमा ५ प्रतिशत प्रिमियम थपेर निर्धारण गरिएको छ ।

यसको अर्थ कर्जाको ब्याजदर थोरैमा पनि १२.०७ प्रतिशत पुगेको छ ।