काठमाण्डौ । म्युचुुअल फण्डका लगानी निकै सुरक्षित मानिन्छ । दोश्रो बजारको बिषयमा पर्याप्त ज्ञान नभएकाहरुका लागि म्युुचुुअल फण्डको लगानी अझ उत्तम प्लेटफर्म हो । म्युुचुुअल फण्डहरुले रिटर्न पनि राम्रै दिन्छन् । पछिल्लो उदाहरणको रुपमा लक्ष्मी भ्यालुु फण्ड १ लाई लिन सकिन्छ । यो स्किमले आफ्ना इकाई धनीहरुलाई २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। 

लक्ष्मी भ्यालुु फण्डको साउन १० गते बसेको ४१ औं बोर्ड बैठकले २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव नियामकबाट स्वीकृत भएपछि मात्र इकाई धनीहरुले घोषित नगद लाभांश पाउनेछन् । 

स्किमको पछिल्लो अवस्था
लक्ष्मी भ्यालुु फण्ड–१ को प्रति इकाई खुद मूल्य भने बढेको छ । जेठ मसान्तसम्म १३ रुपैयाँ ७४ पैसा रहेको यस्तो मूल्य असार मसान्तसम्म बढेर १३ रुपैयाँ ९८ पैसा पुुगेको हो । 

यो स्किमले असार मसान्तसम्म सूचिकृत सेयरमा ३२ करोड ९४ लाख १९ हजार ८ सय ६६ रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निश्कासनमा यो फण्डको २८ लाख बढी लगानी छ । 

२६ करोड ६८ लाख बैंक मौज्दात छ भने मुद्धती निक्षेपमा ९ करोड राखेको छ । 

यो अवधिमा स्किमको १६ करोड ११ लाख ४८ हजार ४ सय १९ रुपैयाँ आम्दानी भएको छ । १ करोड ३१ लाख ९९ हजार जम्मा खर्च भई कुल आम्दानी १४ करोड ७९ लाख भएको छ । 

सेयर संख्याको हिसाबले यो स्किमले सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनी लिमीटेडको  ४७ हजार १ सय ५५ कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी नबील बैंकको सेयरमा ३ करोड ३५ लाख रहेको छ ।