काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

यो कम्पनीको पुस १ गते दिउँसो ३ः१५ बजे बसेको सञ्चालक समितिको १६९ औं बैठकले आर्थिक वर्ष २०७९-८० को नाफालाई सञ्चित गर्ने र लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

यस्तै, २०८० असार मसान्तको वासलात, आ.ब. २०७९-८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरु स्वीकृत गरेको छ । 

गत आर्थिक वर्षका वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्रबैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको कम्पनीले सचिवले जनाएका छन् ।