काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २६.३२ लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।

संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि भोलि बुधबार (मंसिर ११ गते) देखि मंसिर २० गतेसम्म बुक क्लोज गर्दैछ । यसको मतलब आजसम्म कायम सेयरधनीहरुले संस्थाद्वारा प्रस्तावित लाभांशको हकदार बन्न पाउने छन् ।  

संस्थाले मंसिर २० गते काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो वार्षिक साधारणसभा गर्दैछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.३२ प्रतिशतले हुन आउने २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ ।

सभामा विशेष प्रस्तावका रुपमा राखिने अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बनधी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अकिार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।