काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौ हात्तीसारस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान साढे ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
सोही सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई दिइएको अख्तियारीलाई पनि निरन्तरता दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले यही पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19