काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको आज सार्वजनिक वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २७.५१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थियो।

संस्थाको सञ्चालन मुनाफा पनि २७.८९ प्रतिशतले बढेर १४ करोड २१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ११ करोड ११ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत २२ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी १८ करोड २२ लाख रुपैयाँ रहेको थियो।

संस्थाल ३ अर्ब २९ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५० कराड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ३९ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार ६.३९ प्रतिशतले बढेर २६ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको । गत वर्ष रिजर्भको आकार २४ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३२ करोड रुपैयाँ रहेका संस्था वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ५६.४९ रुपैयाँ पुगेको छ। पीई रेसियो २६.३८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८२.२८ रुपैयाँ पुगेको छ।