– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भको छ। जसमा २ दिन बजार बढेको छ भने ३ दिन घटेको छ। 

अघिल्लो साता  २०४२.०७ अंकमा बन्द भएको बजार यो साता २०५५.५३ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता बजार १३.४६ अंकले बढेको छ। यस्तो बढोत्तरी आघिल्लो साता १०२ अंकको थियो। 

यो साता बजारमा २०.६६ अर्ब रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबारमा अघिल्लो साता १८.६५ अर्ब रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता अघिल्लो साताको तुलनामा कारोबार बढेको छ भने अघिल्लो साताको तुलानामा यो साता बजार बढ्ने क्रम घटेको छ। 

समग्रमा यो साता दोस्रो बजारमा कारोबार  र सूचक दुवै नै बढेको छ। 

प्राविधिक पक्ष

इचिमोकुका आधारमा 

इचिमोकुमा बजारलाई विभिन्न टाइम फेरेममा हेर्दा फरक–फरक संकेत मिलेको देखिन्छ। साप्ताहिक चार्टमा हेर्दा बजार विस्तारै अप ट्रेन्ड लिएको तर कन्फर्मेसन भने हुन बाँकी देखिन्छ। मूल्यरेखाहरु क्लाउडको पोजिसनमा छिर्दै गरेको देखिन्छ। लिडिङ स्पान ‘ए’ र ‘बी’को दूरी क्रमशः घट्दै गएको छ। यसले क्लाउडको पोजिसन रातोबाट हरियो बन्दै गरेको छ भन्ने हो। अर्थात् यो भनेको बजारले अप ट्रेन्ड लिँदै गरेको देखिन्छ। 

इचिमोकुमै डेली बेसमा हेर्दा भने बजार बुलिस देखिन्छ तर इन्ट्राडे चार्टमा हेर्दा बजारमा केही सेक्टर र कम्पनीमा नाफा बुक चल्दै गरेको देखिन्छ। यो इन्डिकेटरमार्फत दीर्घकालीन लगानीकर्तालाई खरिद अवसर रहेको पनि बुझिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक चार्टमै बोलिंगर ब्यान्डमार्फत हेर्दा यो साता अपर ब्यान्ड अर्थात् २१२२ मा प्रतिरोध सामना गरेर बजारमा करेक्नस आएको छ। यदि आगामी साता करेक्सन हुन्छ भने मध्य ब्यान्डसम्म आउन सक्छ। 

बजारलाई म्याक्डीमार्फत हेर्दा अघिल्लो साता बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। साप्ताहिक रुपमै आरएसआईमार्फत हेर्दा बढ्दो क्रममा ५६ को तहमा रहेको छ। यो साता भोलुम पनि बढेको छ। यस हिसाबले बजार मजबुत नै रहेको दोखिन्छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डमा यदि मूल्यरेखा ट्रेन्ड लाइनभन्दा माथि चलेमा बुलिस र तल चलेमा बियरिस नै रहेको बुझिन्छ। अर्थात अझ सहज रुपमा बुझ्दा ट्रेन्ड लाइन यदि रातो भएमा बियरिस  र हरियो रहेमा बुलिस भन्ने हो। 

साप्ताहिक रुपमा सुपर ट्रेन्डमार्फत हेर्दा बजार अझै बुलिस नभइसकेको देखिन्छ। साप्ताहिक सुपर ट्रेन्डमा हेर्दा बजार बुलिस नभइसकेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)

पिभट प्वइन्टका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

प्रतिरोध ३– २११९
प्रतिरोध २– २०४८
प्रतिरोध १– १९४९

पिभट प्वइन्टः १८७०

घटेमा सपोर्ट 

सपोर्ट १– १७७९
सपोर्ट २– १७०८
सपोर्ट ३– १६०८

निष्कर्ष

यो साता सेयर बजार १३.६४ अंकले बढेको छ। अघिल्लो साता पनि बजार १०२ अंकले बढेको थियो। कारोबार पनि यो साता २० अर्ब रुपैयाँको भएको छ। 

प्राविधिक रुपमा साप्ताहिक चार्टमा मूल्यरेखाले बोलिंगर ब्यान्डको अपर ब्यान्डमा प्रतिरोध सामना गरेको छ। यो साता २०५५ मा बन्द भएको बजार यदि आगामी साता २१२२ भन्दा माथि बन्द भएमा बजार अप ट्रन्ड र यो साताको न्यून विन्दु २०४० भन्दा तल झरेमा बजार साइडवेजमा चल्न सक्छ।

सेक्टरवाइज हेर्दा यो साता १३ वटा सेक्टरमध्ये होटल तथा पर्यटन, बीमा, कारोबार, उत्पादन तथा प्रशोधन,  वित्त, विकास बैंक, लगानी र अन्य समूहमा बढोत्तरी आएको छ। बजार पुँजीकरण बढी भएका समूह वाणिज्य बैंक, जलविद्युत र म्युचुअल फन्ड समूहमा भने खासै सुधार हुन सकेन। यसकारण  आगामी साता सेक्टर रोटेसन हुन सकेन भने नेप्से साइडवेजमा जान सक्ने सम्भावना पनि रहेको छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।