काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै बिक्री दबाब पर्यो। कारोबारको सुरुआतीमा सामान्य अंकले बढेको बजार अन्तिम समयमा करिब १४ अंकले घटेर बन्द भएको छ। 

बजारमा आज यो साता पनि मर्निङ स्टार इन्भ्यालिड बनेको छ। यस्तै क्यान्डल स्टिक प्याट्रन (मर्निङ स्टार) अघिल्लाो साता पनि इन्भ्यालिड बनेको थियो। यसले बजारमा थप बिक्री दबाब पर्न सक्ने देखिन्छ। 

क्यान्डल स्टिकका आधारमा आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। बोलिंगर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा बजार अझै पनि मध्य ब्यान्डमा टिकेको अवस्था रहेको छ। 

म्याक्डीमार्फत आजको बजारलाई हेर्दा हिस्टोग्राम सकारात्मक नै छन् तर छोटा–छोटा हुँदै गएका छन्। हालसम्म डेली बेसमा अझै पनि बियरिस मारुबुजु क्यान्डल बनेको अवस्था भने छैन। 

आरएसआई ४५ को न्युट्रल जोनमा रहेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत आजको बजारलाई हेर्दा विस्तारै बिक्री दबाब परेको देखिन्छ। तर, अघिल्लोपटकको लो १८७५ भन्दा माथि–माथि टिकुन्जेल बजार अझै पनि माथि जान सक्ने सम्भावना भने जीवित नै रहेको छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।