– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घट्यो।
अघिल्लो साता १९०४.४ मा बन्द भएको बजार यो साता १८८९.७३ मा बन्द भएको छ। यो हिसाबले यो साता दोस्रो बजारमा १४.६२ अंकका गिरावट आएको छ। अघिल्लो साता दोस्रो बजारमा ३० अंकले गिरावट आएको थियो।
यो साता दोस्रो बजारमा ३ अर्ब ९५ करोड रुपैयाँको बराबरको कारोबार भएको छ। अघिल्लो साता यस्तो कारोबार ४ अर्ब ३७ करोडको भएको थियो। यस हिसाबले यो साता पनि दोस्रो बजारमा कारोबार र सूचक दुबैमा गिरावट आएको छ।
कारोबार तथा भोलुमका आधारमा
कारोबार तथा भोलुमका आधारमा लगातार २ साता सेयर बजारमा ५ दिनको कारोबारमा ४ अर्ब रुपैयाँआसपास मात्रै कारोबार भएको छ। यी दुई साता दैनिक कारोबार १ अर्ब तल रुपैयाँमात्रै भएको छ भने दैनिक एभरेज कारोबार अघिल्लो साता ९३ करोड रुपैयाँ भएको थियो। यस्तो कारोबार यो साता दैनिक एभरेज जम्मा ८० करोड रुपैयाँमात्रै भएको थियो। बजार सुस्ताउँदै जाँदा क्रमशः कारोबार पनि घट्दै गएको छ।
इचिमोकुका आधारमा
इचिमोकुका आधारमा यो साताको बजार पनि साइडवेजमा चलेको देखिन्छ। मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा तल–तल चलेका छन् भने क्लाउडको रङ पनि हरियोबाट राता बनेको छ। तर, लिड १ र लिड २ को दूरी घट्दै गएको देखिन्छ। यसले पनि बजार साइडवेज नै चलेको बुझिन्छ। इचिमोकुमा नै बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट काटेको छ। यसले बजारमा बिक्री दबाब रहेको बुझिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत यो साताको बजारलाई हेर्दा मूल्यरेखाहरु मध्य ब्यान्डबाट तल झरेका छन्। यसले बजारमा बिक्री दबाब रहेको र अझै आगामी साता पनि रहन सक्ने देखिन्छ।
म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा हुँदै गएका छन् तर केही फिक्का भएका छन्। आरएसआई ४१ को तहमा रहेको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा यो साता साइडवेजमा चलेको बजार आगामी साता पनि निरन्तरता पाउन सक्ने देखिन्छ।
पिभटका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १९१४
घटेमा सपोर्ट
निष्कर्ष
यो साता पनि सेयर बजारमा कारोबार र सूचक दुवैमा गिरावट आएको छ। अघिल्लो साता ३० अंकले गिरावट आयो भने यो साता १४ अंकले गिरावट आएको छ। यस हिसाबले यो साता पनि बजारमा गिरावट जारी रह्यो तर घट्ने क्रममा कमी आएको छ। तर, बजार यो साता १८८० मा बलियो सपोर्ट लिएको देखिन्छ। यदि आगामी साता पनि बजार यही विन्दुमा टिकेको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ भने अन्यथा आगामी साता पनि साइडवेज नै चल्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago