काठमाण्डौ । साताको कारोबारको पाँचौँ दिन बिहीबार पनि सुनको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ गिरावट आएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो।
गत मंगलबार तोलामा ९०० रुपैयाँ बढेको सुनको भाउ सोमबार ३०० रुपैयाँ र आइतबार पनि ३०० रुपैयाँले बढेको थियो। हिजो बुधबारबाट भने सुनको भाउले ओरालो यात्रा तय गरेको हो।
आज पनि चाँदीको भाउ २० रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो पनि ३० रुपैयाँ घटेर चाँदीको भाउ १ हजार ३६५ रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19