काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउमा आज मंगलबार पहिरो गएको छ।
गत तीन कारोबार दिनमा लगातार बढेको सुनको भाउ आज तोलामै ३ हजार ४०० रुपैयाँ घटेको हो। यो भारी गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। गत साता शुक्रबार तोलामै १ हजार रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि ह्वात्तै घटेको छ। आज तोलामै ७० रुपैयाँले ओरालो लाग्दै चाँदीको भाउ १ हजार २१५ रुपैयाँ कायम भएको छ।
हिजो सोमबार चाँदीको भाउ १० रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ र अस्ति आइतबार २० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19