काठमाण्डौ । गत सातादेखि लगातार ओरालो लागिरहेको सुनको भाउ आज मंगलबार भने उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार पनि सुनको भाउ तोलामै ६०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। गता साताभरि भने सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँले घटेको थियो।
आज चाँदीको भाउ भने तोलामै ३५ रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँ कायम भएको छ।
हिजो सोमबार चाँदीको भाउ ३० रुपैयाँले ओरालो लागेर १ हजार १२० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार पनि चाँदीमा १५ रुपैयाँको गिरावट आएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19