काठमाण्डौ । सुनको भाउ लगातार उकालो लाग्ने क्रमले आज बुधबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९६ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ दोस्रो दिन सोमबार भने तोलामा ८०० रुपैयाँ बढेको थियो। यो सातामात्रै सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढिसकेको छ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि चाँदीको भाउ १० रुपैयाँले बढेर १ हजार ३३५ रुपैयाँ पुगेको थियो।
गत आइतबार स्थिर रहेको चाँदीको भाउ सोमबार भने तोलामै २५ रुपैयाँ बढेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19