काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज बुधबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार तोलामा १०० रुपैयाँ बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले उकालो लागेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामै २५ रुपैयाँ बढेर चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार स्थिरत रहेको चाँदीको भाउ सोमबार तोलामा ५ रुपैयाँले बढेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19