काठमाण्डौ । यो साता लगातार तेस्रो दिन मंगलबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ पुगेको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ भने १५ रुपैयाँले ओरालो लागेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ बढेर १ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको भाउ आइतबार ५ रुपैयाँले ओरालो लागेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19