काठमाण्डौ । सुनको भाउ लगातार उकालो लाग्न थालेको छ। आज बिहीबार पनि सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19