काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।