काठमाण्डौ । सुनको भाउ घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।