काठमाण्डौ । नेपाली बजारमा शुक्रबार पनि सुन–चाँदीको भाउ सामान्य बढेको छ। लगातार तेस्रो दिन सुन–चाँदीको भाउ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।