काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन पनि प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।
पछिल्लो ३ दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ भने चाँदी २ दिनदेखि महँगिदै गएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago