काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र तोकिदिएको छ।
प्राधिकरणले लघु जीवन बीमकको निर्देशन, २०७९ र लघु निर्जीवन बीमकको लगानी निर्देशन, २०७९ मा लगानी गर्न पाउने क्षेत्रबारे प्रस्ट उल्लेख गरेको छ। हाल चारवटा लघुबीमा कम्पनीहरुमात्रै सञ्चालनमा रहेका छन्। ३ वटा निर्जीवन र ४ वटा जीवन गरी कुल ७ वटाले लघुबीमाको लाइसेन्स पाएपनि हाल दुई जीवन लघुबीमा र दुई निर्जीवन लघुबीमा कम्पनी मात्रै सञ्चालनमा रहेका छन्।
सञ्चालनमा रहेका गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, नेसनल माइक्रो र प्रोटेक्टिभ इन्स्योरेन्सले सीमित क्षेत्रमा मात्रै लगानी गर्न पाउनेछन्।
जीवन लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र
- नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्र
- नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “क” वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप
- नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
- नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “ग” वर्गको बैँक तथा वित्तीय सस्थामा राखिएको मुद्दति निक्षेप
- नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिवेन्चर र ऋणपत्र
- नेपाल धितोपत्र बोर्डबाट इजाजपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पवलिक लिमिटेड कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्र
- नेपाल धितोपत्र बोर्डबाट इजाजपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पव्लिक लिमिटेड कम्पनीको साधारण सेयर
- नागरिक लगानी कोष तथा म्युचुअल फन्डका लगानी योजनाहरु
निर्जीवन लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र
- नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र
- नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्रप्त “क” वर्गको बैंक तथा पुर्वाधार विकास बैंको मुद्दति निक्षेप
- नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
- नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
- नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तिय संथाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्र
- नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र
- नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर
- नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु।