काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाका ऋणिहरुका लागि नेपाल राष्ट्रबैंकले बम्पर छुटको व्यवस्था गरेको छ ।
लघुवित्तहरुका लागि एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरिदिएको हो ।
जसअनुसार कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको साँवा र ब्याज रकमलाई ऋणीले सञ्चालन गरेको लघुउद्यम, पेशा, व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकता आदिको मूल्याङ्कन गरी २०७७ असोज मसान्तभित्र एकपटकको लागि बढीमा ६ महिनासम्म भुक्तानी अवधि थप गर्न सकिने छुट दिइएको छ ।
यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्तभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था समेत भएको छ ।
यस्तो किस्ता रकम नियमितरुपमा भुक्तानी गर्ने ऋणीबाट कुनै प्रकारको पेनाल ब्याज÷ शुल्क÷हर्जाना÷ब्याजको ब्याज लिन नपाइने राष्ट्रबैंकले व्यवस्था गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago