काठमाण्डौ । लघुवित्त बित्तीय संस्थाहरुले समेत विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले असोज १६ गते सरोकारवालाहरुलाई परिपत्र गर्दै लघुवित्तहरुलाई समेत भुक्तानी सेवा प्रदायकको रुपमा सेवाग्राहीलाई विद्युतीय माध्यमबाट भुक्तानी सम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
यसका लागि केन्द्रीय बैंकले मापदण्ड समेत तोकेको छ ।
विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न चाहने लघुवित्तको चुक्तापूँजीमा कम्तीमा १० करोड हुनुपर्नेछ । यस्तै, कम्तीमा २० वटा शाखा कार्यालय संचालन रहेको, कम्तीमा २० हजार ग्राहकसँग कर्जा तथा बचतको कारोबार गरेको हुनुपर्ने भनी मापदण्ड तोकिएको छ ।
केन्द्रीय बैंकमा पेश गर्नुपर्ने तथ्यांक तथा विवरण अनलाइनमार्फत पेश गर्ने प्रतिबद्धता पेश गरेको तथा विश्वसनीय र भरपर्दो सूचना प्रविधि प्रणालीको प्रयोग गरेको हुनुपर्ने समेत मापदण्डमा उल्लेख छ ।
इजाजतपत्र लघुवित्तले विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न पूरा गर्नुपर्ने प्रक्रियागत व्यवस्था यस्तो छः
यस्तै, सर्ट म्यासेज सर्भिस स्म्बन्धी व्यवस्था यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago