काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको निक्षेप/बचतको ब्याजदर निर्धारणमा नयाँ व्यवस्था ल्याएको छ। 

राष्ट्र बैंकले आज एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त संस्थाहरुको निक्षेप/बचतको ब्याजदर निर्धारणमा नयाँ व्यवस्था ल्याएको हो। 

संशोधन व्यवस्थाअनुसार अब लघुवित्त संस्थाहरुले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ। 

यसअघि यस्तो व्यवस्था लागू गरिएको थिएन।