काठमाण्डौ । भारतो अग्रणी दुईपांग्रे सवारी निर्माता टीभीएस मोटर्सले अन्ततः आफ्नो बहुप्रतिक्षित मोटरसाइकल टीभीएस अपाचे आरटीआर ३१० आधिकारिक रुपमा लन्च गरेको छ।
स्पोर्टी लुक, उत्कृष्ट फिचर्स र अत्याधुनिक प्रविधिले सुसज्जित यो मोटरसाइकलको प्रारम्भिक मूल्य भारु २.४३ लाख (एक्स शोरुम) तोकिएको छ। कम्पनीले यो बाइकमा केही यस्ता फिचर समावेश गरेको छ, जुन अहिलेसम्म कुनै पनि टु–ह्विलर कम्पनीले आफ्नो कुनै मोडलमा प्रयोग गरेको थिएन।
यो कम्पनीको विद्यमान स्पोर्ट बाइक अपाचे आरआर ३१० को तुलनामा करिब २९ हजार रुपैयाँले सस्तो छ । यो बाइकमा शक्तिशाली इन्जिन रहेको छ।
नयाँ फ्रेममा विकसित यस बाइकमा कम्पनीले ३१२ सीसी क्षमताको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरेको छ। जुन ग्राहकले बीएमडब्ल्यू ३१० मा पनि पाउनेछन्। यो इन्जिनले ३५.६ एचपी पावर र २८.७ एनएमको टर्क जेनेरेट गर्छ। इन्जिन ६–स्पिड गियरबक्ससँग जोडिएको छ। पफर्मेन्स बाइक भएकोले यसले असिस्ट र स्लिपर क्लच पनि पाउँछ। यसको टप स्पिड १५० किमी/प्रतिघन्टा रहेको छ। यो बाइकले २ सेकेन्डमा ४५.६ किमी/प्रतिघन्टाको स्पिड लिन सक्षम छ।
हल्का तौलको आल्मुनियम ट्रेलिस फ्रेममा आधारित यो मोटरसाइकललाई निकै स्पोर्टी बनाइएको छ। जसले युवाहरुलाई पक्कै मन पराउनेछ । फ्रेम पछाडिको सिट र पुच्छर खण्ड तिर फैलिएको छ। यो बाइकको अगाडि कम्पनीले अपसाइड–डाउन फोर्क सस्पेन्सन र रियरमा रातो रङको मोनोसक सस्पेन्सन सेटअप दिएको छ। यद्यपि, बाइकले स्ट्यान्डर्डका रुपमा रियर प्रिलोड एड्जस्टबिलिटीको सुविधा पनि दिइएको छ।
यो बाइकको अगाडि र पछाडि दुवैमा १७ इन्चको डुअल कम्पाउन्ड रेडियल टायर दिइएको छ । यस मोटरसाइकलमा ५ वटा फरक ड्राइभिङ मोड उपलब्ध छन्। जसले सबै प्रकारका सडकमा राम्रो ड्राइभिङ प्रदान गर्दछ। यी मोडहरुमा अर्बन, रेन, स्पोर्ट, ट्र्याक र सुपरमोटो मोडहरु समावेश छन्।
यो बाइकले ल्यान्डस्केप–ओरिएन्टेड ५.०–इन्च टीएफटी टचस्क्रिन प्राप्त गर्दछ। जुन डिजिटल इन्स्ट्रुमेन्ट प्यानलका रुपमा पाइनेछ। यस स्क्रिनमा ग्राहकले बाइकसँग सम्बन्धित सबै फिचर सञ्चालन गर्ने सुविधा पाउनेछन्।
स्लिक एलईडी हेडलाइट र टेल लाइटका अलावा बाइकमा क्रुज कन्ट्रोल पनि समावेश गरिएको छ । यस बाइकमा कम्पनीले सिट तताउने र चिसो गर्नका लागि क्लाइमेट कन्ट्रोल सिस्टम दिएको छ । जुन अहिलेसम्म भारतीय बजारमा बिक्री भएको कुनै पनि बाइकमा दिइएको छैन । यसबाट ग्राहकले गर्मी मौसममा बाइकको सिट चिसो र जाडो मौसममा सिट तातो बनाउन सक्नेछन्।
यसका साथै बाइकको टायरको चापलाई निगरानी गर्न टायर प्रेसर मोनिटरिङ सिस्टम र द्विदिशात्मक क्विकसिफ्टर पनि दिइएको छ । आरटीआर ३१० ले रेस ट्युन्ड डाइनामिक स्टेबिलिटी कन्ट्रोल र लिनियर स्टेबिलिटी कन्ट्रोल पनि पाउँछ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago