काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार ३५.३९ अंकले बढेर २ हजार १४१.८७ को विन्दुमा बन्द भएको छ ।

आजसम्म लगातार सात दिन बजार बढेर बन्द भएको छ ।लामो समयदेखि घटेको बजार पनि लयमा फर्किएको छ । बुधबार  राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९३ अंकले बढेर ४०२.६३ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये  ३०६कम्पनीका १ करोड ९९लाख ६३ हजार ६०४  कित्ता सेयर ७ अर्बभन्दा बढीको कारोबार भएको छ । 
आजको बजारको विषयमा बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘अहिले ब्याजदर घटेको र ५०० अर्ब रुपैयाँभन्दा बढी तरलता रहेका कारण बजारले गति लिएको हो ।नयाँ ब्रोकर र स्टक डिलर आउँदा पनि यसको सकारात्मक प्रभाव बजारमा परेको हो ।’
उनका अनुसार,बजारमा करिब ३० महिनाको वियरिस ट्रेन्ड चलेपछि अहिले आएर बुल यात्रा चलेको हो ।

लगानीकर्ताको मनोबल पनि बढ्दो क्रममा रहेको छ । असार महिनासम्म बजार करेक्सन हुँदै बजार २ हजार ५०० विन्दुसम्म पुग्न सक्दछ ।
अर्का बजार जानकार प्रेम ओलीको विचारमा पनि तरलता सहज भएकै कारण ब्याजदर घटेको हो ।यसले सेयरबजारलाई अगाडि लैजान सहयोग गरेको छ ।

उनी भन्छन्, ‘बजार इन्ट्राडे करेक्सन हुँदै अगाडि बढेको छ ।लामो समयदेखि वियरिस यात्रापछि बजार बुलमा चलेको छ ।’
आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूह मध्ये होटल्स एन्ड टुरिजम र नीर्जिवन बीमा समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ ।
 यो दिन सबैभन्दा बढी होटल्स एन्ड टुरिजम समूह १.८९ प्रतिशतले घटेको छ । त्यसैगरी, नीर्जिवन बीमा समूह ०.०८ प्रतिशतले घटेको छ ।
यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रोसेसिङ समूह ७.१५ प्रतिशतले बढेको  छ। यसैगरी, यो दिन लगानी समूह ६.९२ प्रतिशतले  बढेको  छ।

त्यस्तै ब्यापार समूह ६.२० प्रतिशतले बढेको  छ। त्यस्तै बीमा समूह २ प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट्सको भएको  छ। कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, दोस्रोमा सोल्टी होटल्सको २४ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सोनापुर आयल एन्ड मिनरल्सको २० करोड १५ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ।

त्यस्तै  हिमाल दोलखा हाइड्रोपावरको १८ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । निफ्रा इन्फ्रास्ट्रक्चर बैंकको १७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन १५ ओटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन बोटलर्स नेपाल(बालाजु),हिमालयन डिष्टीलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर,यूनाइटेड लिबर्टी इनर्जी कम्पनी,यूनाइटेड इदीमार्दि हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै्र यो दिन बलेफी हाइड्रोपावर,बीपीडब्लू लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल, मीड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी, यो दिन कुमारी धनबृद्धि योजनाको इकाई ३.८२ प्रतिशतले घटेको छ।

त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.६५ प्रतिशतले घटेको  छ।