काठमाण्डौ । महालक्ष्मी विकास बैंकको सिरहाको लहानस्थित शाखाको बैशाख २७ गते औपचारिक उद्घाटन गरिएको छ । 

यो बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा सिरहा जिल्लाको लहान नगरपालिका वडानम्बर ४ मा शाखा स्थापना गरेको हो । सो शाखाको  लहान नगरपालिकाका मेयर मुन्नी साह सुडीले गरेका बैंकले जनाएको छ । 

बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा बिस्तारको क्रमलाई निरन्तरता दिइरहेको बताएका थिए । 

योसहित महालक्ष्मी विकास बैंकको देशभर शाखा संख्या ९३ पुगेको छ भने ३५ वटा एटीएमको सञ्जाल समेत रहेको छ । बैंकका ग्राहकको संख्या ४ लाख ४० हजार भन्दा बढी छ ।