काठमाण्डौ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आगामी मंसिर १८ गते २४औं वार्षिक साधारण सभा  गर्ने भएको छ ।

सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान १० बजेबाट शुरु हुने छ। सभाले आर्थिक वर्ष २०७८/७९ को वर्षिक प्रतिवेदन उपर छलफल तथा आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ। यसथै बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म कायम सेयधनीले साधारण सभामा भाग लिन पाउने छन् ।