काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले २६ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार (पुस ८ गते) बसेको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको बाँस्तोलाथरस्थित दरबारथोक ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
सभाले स्वतन्त्र सञ्चालक नियुक्ति स्वीकृति गर्नुका साथै संस्थापक समूहका तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने भएको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19