काठमाण्डौ । लाभांश पाउने गरी ग्लोबल आइएमई बैंकको सेयरधनी बन्न इच्छुकहरुका लागि आज अन्तिम अवसर हो । 

ग्लोबल आइएमई बैंकले घोषणा गरेको लाभांश पारित गर्ने गरी आह्वान गरेको वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १३ गतेलाई बुक क्लोजको मिति तोकिएको छ । 

यसको अर्थ मंसिर १२ गते अर्थात आजसम्म ग्लोबल आइएमई बैंकको सेयर किन्नेहरु यसले घोषणा गरेको आगामी साधारणसभामा सहभागी हुन तथा घोषित ९ प्रतिशत लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १ प्रतिशत बोनस सेयर तथा ८ प्रतिशत नगद लाभांश(करसमेत) वितरणको घोषणा गरिसकेको छ । 

बैंकले आगामी मंसिर २८ गते काठमाण्डौको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो १७ औं वार्षिक साधारणसभा बोलाएको छ ।