काठमाण्डौ । लाभांश पारित आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
संस्थाले हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते काठमाण्डौको टंगालस्थित सीएमडी फुडल्यान्डमा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरिएको कुल १३ प्रतिशत लाभांश पारित हुनेछ ।
संस्थाले चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै संस्थाले चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश करसहित० वितरणको प्रस्ताव गरेको छ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीहरुमा संस्थाको साधारणसभामा भाग लिन र लाभांशको हकदार हुन योग्य हुनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago