काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो ६१ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते डोकेको हो। सभा काठमाण्डौको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।
सोही सभाले नियमावलीमा व्यवस्था भएबमोजिम सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचित गर्नेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ।
लाभांश र साधारणसभा प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19